Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सनराइज बैंकबाट सूर्या लाइफ इन्स्योरेन्सको बीमा सेवा पाइने

२०७६ बैशाख २६ गते

बैंकिङ खबर । सनराइज बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

ग्राहकहरुले सनराइज बैंकका देशभरीका शाखाहरmबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

उक्त सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंक विश्वस्त छ ।