May 6th, 2019

एनएमबि बैंकले कमायो १ अर्ब ६५ करोड नाफा

बैंकिङ खबर । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ९३ प्रतिशतले बढी हो । गत वर्षमा १ अर्ब ३७ करोड ६६ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ ।

ब्याज आम्दानी
चालु आर्थिक वर्षको समिक्षा अवधिमा बैंकले ३ अर्ब ९ करोड ४१ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानीमा पनि उत्साहजनक रुपमा वृद्धि भएको छ । खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ५० दशमलव ८३ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष बैंकले २ अर्ब ५ करोड १३ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

निक्षेप तथा कर्जा
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ९३ अर्ब ९६ करोड २६ लाख निक्षेप संकलन गरी ८७ अर्ब २ करोड ४५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले जगेडा कोषमा २ अर्ब ४३ करोड ९९ लाख १ हजार रुपैयाँ राखेको छ । त्यस्तै, रिटेन्ड् अर्निङमा २ अर्ब १८ करोड ३ लाख ८ हजार रुपैयाँ रहेको छ ।

सूचकहरु
१ रुपैयाँ २४ पैसाले बढेर २२ रुपैयाँ ८९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १ सय ७४ रुपैयाँ २२ पैसा रहेको छ । खराव कर्जा गत वर्षको यसै अवधिको तुलनामा ०.३१ प्रतिशतले घटेर ०.७९ प्रतिशत आएको छ ।