Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनएलजी इन्स्योेन्सले ६० प्रतिशत हकप्रद निश्काशन गर्ने

२०७६ बैशाख २२ गते

बैंकिङ खबर । एनएलजी इन्स्योरेन्सले जेठ १४ गते विशेष साधारण सभा गर्ने भएको छ । इन्स्योरेन्सले चुक्ता पूँजी वृद्धिका लागि विशेष साधारण सभा डाकेको हो।

साधारणसभामा इन्स्योरेन्सले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव लैजान लागेको हो । कम्पनीले साधरणसभाका लागि जेठ ६ गते शेयरधनी पुस्तिका बन्द गर्ने समेत जनाएको छ । जेठ पाँच गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्ने लगानीकर्ताले साधारणसभामा भाग लिन पाउने छन् ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ छ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्ने बताइएको छ। बिमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब हुनु पर्ने छ ।