May 5th, 2019

पाकिस्तान सरकारले गर्यो केन्द्रीय बैंकका गभर्नरलाई बर्खास्त

बैंकिङ खबर । पाकिस्तान सरकारले केन्द्रीय बैंकका गभर्नर तारिक बाज्वालाई बर्खास्त गरेको छ । गत शुक्रबार सरकारले पाकिस्तानको केन्द्रिय बैंक, स्टेट बैंक अफ पाकिस्तानका गभर्नर बाज्वालाई बर्खास्त गरिएको जानकारी दिएको हो । त्यस्तै कर संकलन संस्था फेडेरल ब्युरो अफ रिभेन्यु (एफबीआर) का अध्यक्ष जहाँजेब खानलाई पनि सरकारले बर्खास्त गरेको छ ।

पाकिस्तानका मिडियाहरुले सरकारले संकटबाट गुज्रिरहेको अर्थतन्त्रमा सुधारका लागि उनीहरुलाई बरखास्त गरेको हुन सक्ने समाचार प्रकाशित गरेका छन् ।

यसअघि पनि पाकिस्तान सरकारले अर्थमन्त्री हसद उमरलाई हटाएको थियो ।

अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग बेलआउट (संकट निवारण कोष) को विषयमा छलफल भइरहेका बेला दुई प्रमुखलाई हटाइनुले पाकिस्तानमा यो घटनालाई अर्थपूर्ण भनिएको छ ।

बाज्वा सन २०१७ मा स्टेट बैंक अफ पाकिस्तानको गभर्नरका रुपमा नियुक्त भएका थिए । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]