बैंकिङ खबर । सरकारले आर्थिक वर्ष २०७४/०७५ का लागि संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वित्तीय वित्तीय क्षेत्रमा सुधार गर्ने उल्लेख गरेको छ । सबै स्थानीय तहको कारोबार बैंकिङ कारोबारबाट गराउने व्यवस्था सम्पन्न गरिने जनाएको छ ।
सबै नागरिकको बैंक खाता खोल्नका लागि ‘खोलौं बैंक खाता’ अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउने समेत जनाएको छ ।
सरकारी निकायमा विद्युतिय माध्यमबाट कारोबार गरिने व्यवस्था मिलाइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । यातायातमा यात्रा कार्डको प्रयोग गरिने भएको छ । यसले बैंकिङ कारोबार बढाउने छ । आन्तरिक ऋण परिचालन गरी वित्त संरचना सन्तुलित बनाइने समेत उल्लेख छ ।
पूँजी बजारको विस्तार गरी छरिएर रहेको पूँजी एकिकृत गर्न भेन्चर क्यापिटल लगायतका उपकरणको प्रयोग गरिने भएको छ ।