Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पोखरा फाइनान्सबाट सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा सेवा पाइने

२०७६ बैशाख २० गते

बैंकिङ खबर । सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा सेवा पोखरा फाइनान्सबाट पनि पाइने भएको छ । यी दुई कम्पनीले बीमा सेवा सम्बन्धी सम्झौता गरेका हुन् ।

सम्झौतामा इन्स्योरेन्सको तर्फबाट मुख्य बजार विकास प्रबन्धक राजु के.सी. र फाइनान्सको तर्फबाट डेपुटी सिईयो राजु मोहन भट्टराईले हस्ताक्षर गरे ।

सम्झौता पछि पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।

साथै, उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु पोखरा फाइनान्सका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।