Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ज्योति लाईफमा आबद्ध सबैले नेपाल क्यान्सर हस्पिटलमा छुट पाउने

२०७६ बैशाख २० गते

बैंकिङ खबर । ज्योति लाई इन्स्योरेन्स र नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सेवा सम्झौता भएको छ । आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रमलाइ निरन्तरता दिंदै इन्स्योरेन्सले उक्त हस्पिटलसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका कार्यकारी अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।

उक्त सम्झौता पछि ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक,अभिकर्ता,कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले नेपाल क्यान्सर बाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानी गरिने बिल रकममा विशेष छुट प्राप्त गर्नेछन् ।