Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफको शेयर कारोबार रोक्न बोर्डले नेप्सेलाई पठायो पत्र

admin २०७३ जेष्ठ २८ गते
सेयर:

nlicनेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्ने निर्देशन दिएको छ । बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई शुक्रबार पत्र पठाएर सेयर कारोबार रोक्न निर्देशन दिएको हो । एफपिओ जारी गर्ने विषयमा बोर्डमा आवेदन नदिई कम्पनीले सूचना प्रचार गरेको भन्दै सेयर कारोबार रोक्न निर्देशन दिएको बोर्डले जनाएको छ । बोर्डले नेप्सेलाई पठाएको पत्रमा आधिकारिक रुपमा मूल्य निर्धारण नगराई, बजारलाई प्रभावित गर्ने हिसावले सूचना दिएको कारण कारोबार रोक्नु पर्ने उल्लेख गरिएको छ । 

नेपाल लाइफले विहिबार प्रति कित्ता २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्ने सूचना सार्वजनिक गरेको थियो । जसपश्चात्, पुँजीबजारमा सेयरको मुल्यमा प्रतिकित्ता चार सय रुपैयाँले बढेको थियो । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।