बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमास ६४ करोड ३० लाख २३ हजार रुपैयाँ कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलना ७९ दशमलव ५२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३५ करोड ८१ लाख ९० हजार मात्र खुद नाफा कमाएको थियो ।
ब्याज आम्दानी
चालु आथिृक वर्षको ९ महिनामा लघुवित्तले खुद ब्याज आम्दानी १ अर्ब २३ करोड २७ लाख ९३ हजार रुपैयाँ कमाएको छ । जुन गत आथिृक वर्षको सोही अवधिको तुलनामा बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९० करोड ९१ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सञ्चालन नाफा पनि ५५ करोड ८७ लाख ३८ हजार रुपैयाँबाट वृद्धि गरी ९७ करोड २९ लाख ९९ हजार रुपैयाँ पुर्याउन सफल भएको देखिन्छ ।
बचत तथा कर्जा
चालु आर्थिक वर्षको चैतसम्ममा लघुवित्तले १३ अर्ब ९० करोड ९८ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १५ करोड ६४ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरणमा देखिन्छ ।
सूचकहरु
खराब कर्जा भने ० दशमलव १० प्रतिशत बाट बढेर ० दशमलव २६ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ८५ रुपैयाँ ७४ पैसा रहेको छिमेकको प्रतिसेयर नेटवर्थ २ सय ८१ रुपैयाँ १४ पैसा छ ।