June 10th, 2016

५६ हजार नजिक पुग्यो सुनको भाउ

goldयो साता सुनको भाउ ६ सय रुपैँया प्रतितोलाका दरले बढेको छ । साताको सोमबार १ सय रुपैँयाले घटेर २ दिनसम्म स्थिर रहेको बजार विहिबार र शुक्रबार दुई दिनमा ७ सय रुपैँया बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ ५५ हजार ३ सय रुपैँया प्रतितोला थियो भने तेजाबी सुनको भाउ ५५ हजार ५० रुपैँया प्रतितोला थियो । सोमबार १ सय रुपैँया प्रतितोलाका दरले घटेर छापावाल सुन तोलाको ५५ हजार २ सय तेजाबी सुन तोलाको ५४ हजार ९ सय ५० रुपैँयामा कारोबार भएको थियो । मंगलबार र बुधबार पनि सोही भाउमा कारोबार भएको सुन विहिबार ४ सय रुपैँयाँले बढ्यो । विहिबार छापावाल सुन तोलाको ५५ हजार ६ सय र तेजाबी सुन तोलाको ५५ हजार ३ सय ५० रुपैँयामा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार तोलाको ३ सय रुपैँयाका दरले बढेर छापावाल सुनको भाउ ५५ हजार ९ सय रुपैँया पुग्यो भने तेजाबी सुनको भाउ ५५ हजार ६ सय ५० रुपैंया पुग्यो । 

अन्तरराष्ट्रिय बस्तु बजारमा साताको अन्तिम दिन सुन प्रतिऔंस १ हजार २६७.०२ डलरमा किनबेच भएको छ । त्यस्तै, डलरसँग नेपाली मुद्राको विनिमयदर प्रति अमेरिकी डलर १ सय ७ रूपैँया ११ पैसा रहेको छ । 

यो साता चाँदीको भाउ ३० रुपैंयाले बढेको छ । साताको आइतबार ७ सय ५५ रुपैँया प्रतितोलाका दरले खरिदविक्रि भएको चाँदी सोमबार, मंगलबार र बुधबार पनि सोही दरमा खरिदविक्रि भयो । विहिबार ५ रुपैँया प्रतितोलाका दरले बढेर ७ सय ८० रुपैँया प्रतितोलाका दरले कारोबार भएको चाँदी शुक्रबार एकैदिन २५ रुपैँया प्रतितोलाका दरले बढेर ७ सय ८५ रुपैँया प्रतितोलाका पुगेको हो ।