बैंकिङ खबर । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ बाँडफाँड भएको छ। मंगलबार बिहान धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार गोलाप्रथाबाट १५ हजार १ सय २० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । दुई लाख ९९ हजार ८ सय ५ आवेदकले भने शेयर पाएका छैनन् ।
लघुवित्तको आईपिओमा ३ लाख १५ हजार ६ सय ३० आवेदन परेको थियो । त्यसमध्ये ७ सय ५ आवेदनबाट परेको १४ हजार २ सय ६० कित्ताको आवेदन रद्ध भएको थियो ।