Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्पर्स लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७६ बैशाख १६ गते

बैंकिङ खबर । स्पर्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सुक्रौलीले बिभिन्न केन्द्रका ९५ जना केन्द्र प्रमुखहरुको उपस्थितमा बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले संस्थाको सिंगो अवस्था र भावि लक्ष्य तथा संस्थाले दिने सेवा सुविधाको वारेमा प्रकाश पारेका थिए । साथै,शाखाका शाखा प्रबन्धक अरबिन्द मल्लले शाखाको प्रगती विवरण शाखाको वस्तु स्थितीबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सात वटा उत्कृष्ट समुहलाई सम्मान पत्र र पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाले विभिन्न शाखा कार्यालयको स्थापना गरी गाँउगाँउमागई आफनो ग्रहकलाई लघुवित्त सेवा प्रदान गर्नुको साथै वित्तीय साक्षरता कार्यक्रम गर्दै आईरहेको छ ।

Ad