Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मुक्तिनाथ विकास बैंकको “ क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा बचत योजना” सञ्चालनमा

२०७६ बैशाख १५ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ जीवन बरदान योजना ’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् ।

यस योजना अन्तर्गत ग्राहकले १० हजार न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा १० लाख सम्मको दुर्घटना मृत्यू बीमाको सुविधा प्राप्त गर्नेछन् ।

साथै, २० हजार न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा )प्राप्त गर्न सक्नेछन् ।

बीमा सेवाका साथै, दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिकब्याजभुक्तानी ), निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क भिसा डेविट कार्डर देशैभरी भिसा नेटवर्क अन्तर्गत रहेका करिब ३ हजार एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था गरिएको छ । यस सुविधा बैंकको १ सय १४ वटै शाखाहरुबाट लिन सकिनेछ ।

यो बचत खाता खोल्ने ग्राहकले किराना अनलाईन स्टोर सँग सहकार्य गरी ५ सय बराबरको किराना अनलाइन किनमेलको भौचर सुविधा पनि उपलब्ध गराउने छ । हाल यो सुविधा काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्ला अन्तर्गतका शाखा कार्यालयहरुमा मात्र उपलब्ध हुनेछ ।