बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा निक्षेप बढे ब्याजदर आफै घटेर जाने बताएका छन् । उनले बिरगञ्जमा आयोजित पूर्व बजेट छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगी व्यवसायीलाई बचतको क्षमता बढाउन आग्रह गरेका छन् । उनले भने “उत्पादनबाट बचतको क्षमता बढाउनुस्, बैंकको ब्याजदर आफै घट्छ।” अर्थमन्त्री खतिवडाले आगमी वर्षको बजेटमा राजश्व र कर प्रणालीलाई सुधार गरेर लैजाने समेत बताए ।
कार्यक्रममा उद्योगीहरुले बैंकको ब्याजदर बढी भएको, कच्चा पदार्थ र तयारी मालवस्तुबीचको भन्सार दर एउटै भएकाले आफुहरुले उत्पादन बढाउन नसकेको बताए ।