करिब ३१ लाख कित्ता थप साधारण शेयर निष्काशन गर्न लागेको नेपाल लाइफ इन्स्योरेन्सले धितोपत्र धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड लाई छनौट गरेको छ । थप साधारण शेयर निश्काशन गर्ने कार्यका लागि भएको सम्झौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा तथा सिद्धार्थ क्यापिटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।
कम्पनीको १६औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण शेयर निश्कासन गर्न लागेको हो । एक सय रुपैयाँ अंकित उक्त शेयरमा २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो ।