पुरानोलाई खारेज गर्दै कमोडिटीज बजार सञ्चालन गर्न नयाँ आवेदन आवहान

बैंकिङ खाबर । वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालन गर्न नेपाल धितोअजत्र बोर्डमा पाँच वटा कम्पनीहरुले आवेदन दिएका थिए । बोर्डले वस्तु बजार सम्बन्धी नियमावली, २०७४ को नियम (५) बमोजिम उक्त कम्पनीहरुले सम्पूर्ण कागजात तथा विवरणहरु पेश नगरेकोले स्वीकृति नदिएको जनाएको छ ।

मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोवारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई ध्यान दिएर बातेर्डले २ वटा कमोडिटीज बजार सञ्चालन गर्न दिने समेत बताएको छ ।

वस्तु विनिमय बजार सञ्चालनका लागि पूर्व स्वीकृति दिदा प्रस्तावित कम्पनीको पूँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यताको आधारमा छनोट गरिने समेत जनाएको छ ।