बैंकिङ खबर । विभिन्न तीन ठुला बैंकहरुमा धेरै संख्यामा रोजगारी खुलेको छ । सनराइज बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले चिफ रिक्स अफिसरका लासगि केही र हेड आइटी डिपार्टका लागि केही कर्मचारीको माग गरेको छ ।
बैंकले विभिन्न ठाउँमा भएका शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नामगरिकले मे ९ भित्र आवेदन दिइसक्नुपर्ने छ । विस्तृत जानकारीको लागि यहाँ http://career.sunrisebank.com.np/ क्लिीक गर्नुहोस्
त्यसैगरी सिद्धार्थ बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड अफ मार्कोटिङ लेभलका, म्यानेजरका लागि केही, सिनियर म्यानेजरका लागि केही र एजिएम लेभलका लागि केही कर्मचारीको माग गरेको छ ।
बैंकले केन्द्रीय कार्यलयका लागि कर्मचारीको माग गरेको हो ।
सिटिजन्स बैंक इन्टनेशनलले पनि विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै विभिन्न १५ पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले प्रादेशिक कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि उल्लेखित पदमा कर्मचारीको माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले अप्रिल ३० भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।