April 24th, 2019

अर्थतन्त्रमा ब्यापार घाटा चुनौतिपूर्ण, अन्य सूचक सकारात्मक – गभर्नर नेपाल

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले अर्थतन्त्रका परिसूचकहरु लगातार तेस्रो वर्षसम्म उत्साहजनक देखिएको बताएका छन् । आर्थिक वृद्धि निरन्तर उच्च हुनुले देशको आर्थिक विकासका आधारहरु तयार भइसकेको र लगानीको वातावरण बनेको संदेश भएको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकले बजेटका लागि सुझाव संकलन गर्न गरेको एक कार्यक्रममा आर्थिक सूचकहरु सकारात्मक बनेको बताएका हुन् ।

गभर्नर नेपालले ब्यापार घाटा अर्थतन्त्रका लागि अझैपनि चुनौतिपूर्ण भएको बताए । उद्यपी उत्पादनलाई सघाउ पुर्याउने गरी आयात बढेकाले दिर्घकालमा आयात न्यूनिकरण हुने समेत बताए । उनले रेमिट्यान्समा भएको वृद्धिले अर्थतन्त्रमा दिर्घकालीन समाधान नदिने भएकाले दीगो आर्थिक विकासका लागि र दीगो उत्पादनका लागि लगानी विस्तार गर्न आयातलाई निरुत्साहित गर्नु पर्ने गर्नुपर्ने जानकारी दिए ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले कर नीतिमा सुधार गर्नुपर्ने, बैंकको ब्याजदर उच्च रहेकाले अहिलेको ब्याजदर उत्पादन वृद्धिको बाधक भएको बताए । उनीहरुले सरकारले उत्पादन बढाउनका लागि नीतिगत सुधार गर्दै जानुपर्ने सुझाव समेत दिएका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]