एनआइसी एशिया बैंकले शेयर ब्रोकरको काम गर्न खोल्यो छुट्टै कम्पनी

बैंकिङ खबर । एनआइसी एशिया बैंकले शेयर ब्रोकरको काम गर्न कम्पनी दर्ता गरेको बैंक स्रोतले जनाएको छ । मौद्रिक नीति मार्फत बैंकले पनि ब्रोकरको काम गर्न सक्ने व्यवस्था गरेपछि एनआइसी एशियाले नयाँ कम्पनी दर्ता गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट अहिले सम्म १४ वटा बैंकले ब्रोकिङ कारोबार गर्नका लागि सहायक कम्पनी खोल्ने स्वीकुति पाइसकेका छन् । तर लाइसेन्स लिने प्रकृया लामो भएकाले अझै केही समय ढिला हुने देखिन्छ । बैंकले कम्पनी दर्ता गरेपछि उक्त कम्पनीले नेपाल स्टक एक्सचेन्जमा ब्रोकर खोल्नका लागि निवेदन दिनुपर्छ । त्यसपछि निवेदनको जाँचबुझ गरी नेप्सेले अन्तिम स्वीकृतिको लागि नेपाल धितोपत्र वोर्डमा पठाउँछ । अनिमात्र धितोपत्र वोर्डले बैंकको सहायक कम्पनीलाई शेयर ब्रोकरको काम गर्न स्वीकृत दिन्छ ।

यसरी ब्रोकरको लाइसेन्स बैंकले पाउने नभई बैंकबाट खोलिएका सहायक कम्पनीले पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *