Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सको ३१ लाख कित्ता एफपिओ आउँदै

२०७३ जेष्ठ २७ गते

nepal lifeनेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३० लाख ९६ हजार ४२९ कित्ता एफपिओ जारी गर्ने भएको छ । कम्पनिले १०० रुपैयाँ अंकित दरको सेयरमा २८५१ रुपैयाँ प्रिमियम जोडेर एफपिओको मूल्य प्रति कित्ता २९ सय ५१ रुपैयाँ तोकेको छ । कम्पनीले संस्थापक समूहमा रहेको ८० प्रतिशत सेयरलाई ७० प्रतिशतमा झार्दै बाँकी १० प्रतिशत अतिरिक्त सेयर निस्काशन गर्न लागेको हो । 

अहिले कम्पनीको पुँजी दुई अर्ब १६ करोड ७५ लाख रुपैयाँ छ । एफपिओ निष्काशन गरेपछि कम्पनीको पुँजीमा ३० करोड ९६ लाख रुपैयाँ थपिने छ । बाँकी ८ अर्ब ८२ करोड रुपैयाँ कम्पनीको जगेडा कोषमा जाने छ ।