April 19th, 2019

सरकारको बैंकिङ पहुँचको नारा र स्थानीय तहमा बैंकको उपस्थिति

बैंकिङ खबर । सरकारले आम नागरिकसम्म बैंक तथा वित्तिय पहुँच पुर्याउने अभियान स्वरुप खोलौ बैंक खाता अभियान शुरु गरेको छ । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा बैंकिंगको तुलनामा गैर बैंकिंग गतिविधि बढी रहेको अर्थविदहरुको राय छ । मुलुकको तिव्र आर्थिक वृद्धि हाँसिल गर्न पनि पुंजी निर्माण तर्फ साथै एफडीआइलाई बढाउनु पर्ने देखिएको छ । जसको फलस्वरूप हालै लगानी सम्मेलन पनि सम्पन्न भई सकेको छ । मुलुकको गैर बैंकिङलाई बैंकिङ च्यानलमा ल्याउने भरपुर प्रयासहरु भई रहेका छन् ।

राष्ट्रले संघिय रुप लिई सकेको छ । तीन तहको राज्यको संरंचना अन्तर्गत ७५३ वटा स्थानीय निकाय रहेका छन् । जस मध्ये ७१३ वटा स्थानीय निकायमा वाणिज्य बैंकहरुको नै शाखा विस्तार भई सकेको छ ।
कुन प्रदेशमा कति स्थानीय तहमा बैंकका शाखा पुगेका छन् (तालिकासहित)

त्यसै गरि चारै वर्गका बैंक वित्तिय संस्थाहरुका शाखा विस्तारमा तेजी आएको देखिन्छ । चुक्ता पुंजी बढेसंगै कारोबारको दायरा फराकिलो पार्नु पर्ने भएकोले पनि सबै वित्तिय संस्थाहरु शाखा विस्तारमा लागेको देखिन्छ । मर्जर र एक्विजिसनका कारण संस्थाहरुको संख्यामा भने कमि आएको छ ।

बैंक वित्तीय संस्थाहरुको संख्या र तिनका शाखा संख्या (तालिका सहित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]