Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

अमेजनले चीन स्थित ई – कमर्श विजनेस बन्द गर्ने

२०७६ बैशाख ६ गते

बैंकिङ खबर । विश्वको सबै भन्दा ठुलो अनलाइन रिटेल कम्पनी अमेजनले चीन स्थित ई(कमर्स विजनेस बन्द गर्ने भएको छ । अमेजनले आगामी जुलाई १८ तारिखबाट बन्द हुने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । कम्पनीले चीनमा अमेजन डट सीएन नामक वेबसाइट मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिंदै आएको छ ।

जुलाई १८ पश्चात अन्तर्राष्ट्रिय बिक्रेताहरुले आफ्नो प्रोडक्ट चीनमा बिक्रि गर्न चाहेमा सिधै अमेजन ग्लोबल सेलिंगमार्फत जोडिन सक्छन । कम्पनीले सन् २००४ मा अनलाइन किताब बिक्रेता जोयोलाई अक्वायर गरि चीन प्रवेश गरेको थियो । चिनिया बजारमा खासै आफ्नो पहुँच पुर्याउन नसकेको कम्पनीको प्रमुख प्रतिस्पर्धीको रुपमा रहेको अलिबाबाको र अर्को ठुलो कम्पनी जेडी डट कमको घरेलु बजार भएका कारण यी दुइ कम्पनीको बजार हिस्सा ठुलो रहेको छ ।

चिनिया घरेलु बजारको चौथो त्रैमाससम्ममा विजनेस टु कन्ज्युमर अनलाइन रिटेल मार्केटमा अमेजनको हिस्सा ०.६% मात्र रहेको थियो ।