April 19th, 2019

जनताको पैसा लिएर जथाभावि लगानी गर्ने छुट बैंकहरुलाई छैन : गभर्नर

फाइल फोटो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले नेपमालको इतिहासमा पहिलोपटक उच्च आर्थिक वृद्धिदर हासिल भएको बताएका छन् । बिहीबार विराटनगरमा नेरुडे लघुवित्तको नयाँ भवनको उद्घाटन गर्दै गभर्नर नेपमलले नेपालमा तेस्रो पटक ६ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हुन लागेको बताएका हुन् । उनले अर्थतन्त्रमा आशालाग्दा कामहरु भएकाले कर्जा वृद्धिलाई अझै बढाउने बताए । उनले भने ‘कर्जा वृद्धिलाई हेर्दा यसले गलत ट्रयाक लिन्छ कि भन्ने समेत चिन्ता रहेको हुँदा राष्ट्र बैंकले कहिले काहीं निर्देशन दिनु परेको छ ।’

उनले जनताको पैसा लिएर जथाभावि लगानी गर्ने छुट बैंक तथा वित्तीय संस्थालाई नभएको पनि स्पस्ट पारे । त्यसैलाई नियन्त्रण गर्दा सिइओ नियुक्त गर्दा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको बताए । उनले बैंक तथा वित्तीय संस्था जनताको सम्पत्ति भएकाले नाफा खाने नाममा आफुखुसी गर्न नपाइने समेत बताए । उनले बढी नाफा खाने उद्देश्यले व्यापार गर्ने भए अन्य क्षेत्रमा लगानी गर्न समेत आग्रह गरे । जनताको पैसा लिएर बैंक तथा वित्तीय संस्थाहरुले जनताको विश्वास विपरीत काम गर्ने छुट नभएको स्पस्ट पारे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]