Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बेस रेट घटाइए पनि किन घटेन बैंकको व्याजदर ?

२०७६ बैशाख ६ गते

बैंकिंङ खबर । केहि समय अघि उद्योगि व्यवसायीहरुद्वारा बैंकहरुको व्याजदर उच्च रहेकोले घटाउनु पर्ने अभिव्यक्ति दिएका थिए । उद्योगिहरुद्वारा व्यक्त उक्त भनाइमा सत्यता रहेको हालै केन्द्रीय बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले यस्तो देखाएको हो । बैंक तथा वित्तीय संस्थाले व्याजदर निर्धारण गर्ने मापदण्ड नै आधार दर हो भने उक्त आधार दरमा बैंकहरूले प्रिमियम थपेर कर्जाको व्याजदर निर्धारण गर्ने गर्छन् ।

राष्ट्र बैंकले केहि समय अघि गरेको आधार दर गणना विधि परिवर्तन अनुरुप सम्पत्तिमा प्रतिफल बापत शून्य दशमलव ७५ प्रतिशत जोड्नुपर्ने प्रावधान हटाइएको थियो । जसबाट व्याजदर केहि हदसम्म घट्नुपर्ने थियो तर त्यस्तो नभई कर्जाको ब्याजदर उल्टै बढेको तथ्यांकमा देखिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा वाणिज्य बैंकहरूको औसत आधार दर २०७५ फागुनमा ९ दशमलव ६५ प्रतिशत कायम भएको छ । यस्तो दर २०७४ फागुनसम्ममा १० दशमलव ३६ प्रतिशत थियो । यसबीचमा औसत आधार दर यसरी शून्य दशमलव ७१ प्रतिशत विन्दुले घटेको भए पनि सोही अवधिमा वाणिज्य बैंकले दिने कर्जाको भारित औसत ब्याजदर भने शून्य दशमलव ३७ प्रतिशत विन्दुले बढेको छ । २०७५ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३३ प्रतिशत छ । २०७४ फागुनमा यस्तो दर ११ दशमलव ९६ प्रतिशत थियो ।

(आज अभियानमा प्रकाशित समाचारबाट)

Ad