बैंकिङ खबर । सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पछि सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट युनाइटेड इन्स्योरेन्सको निर्र्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् । यसबाट बैंककाग्राहकहरु लाभान्वितहुनुका साथै छिटो, छरितो र सहज रुपमाबीमा सम्बन्धी सेवाहरु प्राप्तगर्न सक्ने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंकले ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।


