April 18th, 2019

एलआईसीको धन वृष्टि योजना लोकप्रिय

बैंकिङ खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले भर्खरै बजारमा ल्याएको धन वृष्टि योजनाको विक्रीमा ऐतिहासिक रेकर्ड कायम गर्ने सफ भएको इन्स्योरेन्सले जनाएको छ । इन्स्योरेन्सको उक्त योजना विक्री शुरु गरेको पहिलो दिनमा ५ हजार १ सय २२ वटा धन वृष्टि बीमालेखहरु विक्रि गरी ८.५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

इन्स्योरेन्सले पहिलो दिनमा देशभरीका शाखा कार्यालयबाट ५ हजार पोलिसीहरु विक्री गर्ने लक्ष्य राखेको थियो । यस कम्पनीले देश भरीका ७ सय ४६ अभिकर्ताहरुले धन वृष्टि बीमालेख पहिलो दिनमा विक्री गरेका थिए ।

बीमा योजनालाई सम्मानित बीमा समितिका अध्यक्ष चिरंजीवी चापागां“ईले चैत्र २९ गते सार्वजनिक अनावरण गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी.दासले यो पोलिसी खरिद गर्ने सम्पूर्ण पोलिसीहोल्डरहरु, अभिकर्ताहरु र कर्मचारीहरुलाइ धन्यवाद दिएका थिए ।

इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नेपाली बजारमा धन वृष्टि योजना अत्यन्त लोकप्रिय भएको र आउने दिनहरुमा यो योजनाको विक्री बढ्ने विश्वास व्यक्त गरे ।

धन वृष्टि योजना एक धन फिर्ता योजना हो । १३ देखि ६० बर्षसम्म उमेरका व्यक्तिहरुले बीमा लिन सक्नेछन् । न्यूनतम बीमाड्ढ रकम १ लाख रुपैयाँ कायम गरिएको छ । यो योजना १० र १५ वर्ष अवधिको लागि उपलब्ध छन् । १० वर्षे योजनामा ३ र ६ वर्षमा बीमाड्ढको ३३÷३३ प्रतिशत र १० वर्षमा बीमाड्ढको ३४ प्रतिशतका साथमा बोनस रकम एकमुष्ट प्राप्त हुन्छ ।

त्यस्तै १५ वर्षे योजनामा ३ , ६ , ९, १२ वर्षमा बीमाड्ढको १५÷१५ प्रतिशतका दरले रकम फिर्ता हुने र १५ वर्षमा ४० प्रतिशतका साथमा बोनस रकम एकमुष्ट प्राप्त हुन्छ । यो योजनामा अधिकतम् ७५ लाख रुपैयाँसम्मको दुर्धटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध छन् । साथै दई वर्षको बीमा शुल्क भुक्तानीपश्चात् बिमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]