April 17th, 2019

९ महिनामा चौतारी लघुवित्तको नाफा १ करोड २० लाखले बढ्यो

बैंकिङ खबर । १८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको चौतारी लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १ करोड ८५ लाख ८८ हजार रुपैयाँ मुनाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ८४ दशमलव १३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ९ महिनामा लघुवित्तले ६५ लाख ८२ हजार नाफा कमाएको थियो ।

बचत तथा कर्जा
चैत त्रैमाससम्ममा लघुवित्तले ३९ करोड ७५ लाख बचत संकलन गरी १ अर्ब ३३ करोड ४५ लाख कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बचतमा १ सय २५ प्रतिशतले बढी हो भने कर्जामा १ सय १७ प्रतिशतले बढी हो ।

ब्याज आम्दानी
चालु आर्थिक वर्षको चैतसम्ममा ६ करोड ३९ लाख ३३ हजार ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको भन्दा ८६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड४३ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सुचकहरु
प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३३ पैसा, मुल्य आम्दानी अनुपात ४५ दशमलव ७६ वार्षिक, प्रतिशेयर नेटवर्थ १ सय १८ रुपैयाँ ४ पैसा, तरलता अनुपाद ३ दशमलव ५५ रहेको छ ।

हालसम्म लघुवित्तले १५ जिल्लामा ५७ शाखा कार्यलय विस्तार गरी कुल ३९ हजार ४ सय ८९ विपन्न महिलाहरुलाई समुहमा आवद्ध गरी कर्जा तथा बचत सेवाको माध्यमबाट आर्थिक एवं सामाजिक विकासमा टेवा पु¥याउंदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]