Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लक्ष्मी लघुवित्तको नाफा १८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार

२०७६ बैशाख ४ गते

बैंकिङ खबर । २४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ७ करोड ९१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको भन्दा १८ दशमलव ८५ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको ९ महिनामा लघुवित्तले ६ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बचत तथा कर्जा
चैत मसान्तसममा लघुवित्तले १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ बचत संकलन गरी ३ अर्ब ३७ करोड २ लाख कर्जा लगानी गरेको छ । गत आर्थिक बर्षको सोही अवभिको तुलनामा निक्षेपमा ३६ प्रतिशतले बढी हो भने निक्षेपमा ३० दशमलव ११ प्रतिशतले बढी हो ।

ब्याज आम्दानी
चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले २१ करोड ४२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको भन्दा २१ दशमलव ६७ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको सोही अवभिमा लघुवित्तले १७ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

सुचकहरु
लघुवित्तको जोखिमयुक्त सम्पत्ति १३ दशमलव २० प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ६१ पैसा, निष्कृय कर्जा १ दशमलव २३ प्रतिशत, शेयर आम्दानी वार्षिक ४३ दशमलव ६१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ८८ रुपैयाँ ३१ पैसा र तरलता अनुपात ४ दशमलव ७७ प्रतिशत रहेको छ ।

Ad