April 17th, 2019

बैंकिङ रोजगारीको लागि वैशाखको तेस्रो साता ट्रेनिङ हुँदै

बैंकिङ खबर । नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (बीएमटीआई)ले म्यानेजमेन्ट स्टुडेन्टलाई लक्षित गरी बैशाखको तेस्रो सातादेखि बैंकिङ ट्रेनिङ सञ्चालन गर्ने भएको छ । पाँच दिन सम्म सञ्चालन हुने तालिममा बैंकिङ करियर बनाउन चाहानेहरुका लागि विभिन्न विज्ञ तथा बैंकर्सहरुले प्रशिक्षण दिनेछन् ।

सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्नका लागि बैंकहरुले गाउँगाउँमा शाखा स्थापना गरिरहेका छन् । त्यसैले बैंकिङ रोजगारीका अवसरहरु प्रशस्त आएका छन् । तर व्यवहारिक ज्ञान र बैंकिङ सम्बन्धी पर्याप्त जानकारी नहुँदा बैंकमा खुलेका रोजगरीका अवसरहरुबाट अधिकांश विद्यार्थीहरु छुटनु परेको छ । त्यसैले तालिममा बैंकले लिने परिक्षा र अन्तरर्वातामा के कस्ता खालका प्रस्नहरु सोधिन्छ भन्ने विषयमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् ।

बैंकिङ ट्रेनिङ सम्बन्धी थप जानकारीका लागि ०१–५७०६४०२, ९८६३०३११९२ मा सम्पर्क गर्न सकिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]