April 16th, 2019

वैदेशिक रोजगारीमा जानेको संख्या ३८ प्रतिशतले घट्दा रेमिट्यान्स २३ प्रतिशतले बढ्यो

बैंकिङ खबर । चालु आर्थिक वर्षको पहिलो ८ महिना अथात् फागुन मसान्त सम्ममा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ११.६ प्रतिशतले मात्र वृद्धि भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । यस्तै आर्थिक वर्षको आठ महिनाको अवधिमा खुद ट्रान्सफर आय २२.९ प्रतिशतले वृद्धि भई ६ खर्ब ६२ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ०.७ प्रतिशतले घटेको थियो ।

समिक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३८.३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ४.६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]