April 16th, 2019

जापानी शेयर बजार दोश्रो विश्वयुद्ध यताकै लामो समय बन्द रहने

बैंकिंङ खबर । जापानमा हरेक वर्ष गोल्डेन विक मनाइने गरिन्छ जसका लागि आगामी अप्रिल २७ तारिकबाट १० दिनको बिदा दिइदै छ । उक्त बिदाले जापानी शेयर बजार ६ दिन पूर्ण रुपमा बन्द रहने भएको छ । शनिबार आइतबार बाहेक लगातार छ दिन ट्रेडिंग सेसन हुने छैन ।

यता छ दिनको बिदाले आम मानिसमा खुसियाली छाई रहँदा शेयर बजारसंग आबद्ध व्यक्तिहरु भने निरास देखिएका छन् । सोहि साता बजारलाई प्रभाव पार्ने मुख्य घटना अन्तर्गतका फेडको व्याजदर सम्बन्धि निर्णय लगायत रहेका कारण पनि लगानीकर्ता बढी चिन्तित बनेका हुन । व्याजदर प्रभावका कारण बजार प्रवेश वा बाहिरिनु परे उक्त समय बजार बन्द रहने छ ।

यस अघि नयाँ वर्ष २०१९ ताका रहेको ४ दिनको बजार बन्दले जापानी येन दशक यताकै मजबुत अवस्थामा पुगेको थियो । यसै बीच विश्वको सबै भन्दा ठुलो अटोमोबाइल्स कम्पनी टोयोटा मोटर लगायत जापानका ठुला कम्पनीहरुले पनि बिदाको घोषणा गरि सकेका छन् । सो समयमा लामो बिदा परेका कारण सर्व साधारणलाई आफुलाई आवश्यक पर्ने नगद सुरक्षित राख्न भनिएको छ । त्यसो त दोश्रो विश्वयुद्ध पछि जापानी शेयर बजारमा यति लामो ट्रेडिंग हल्ट यसै पटकमात्र भएको हो ।

यता भारतीय शेयर बजार पनि यो साता ३ दिन मात्र खुल्ने भएको छ । यहि बीच भारतमा पनि यो साता चुनाबी विषय, महंगी डाटा सार्वजनिक, साथै कम्पनीहरुको त्रैमासिक नतिजाले बजारलाई बढी नै प्रभाव पार्ने विशेषज्ञले अनुमान लगाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]