Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

समृद्धिसँग जोडौं नाता हरेक नेपालीको बैंक खाता अभियान : कुन बैंकले बचत खातामा के नाम दिए

२०७६ बैशाख ३ गते

बैंकिङ खबर । सरकारले शुरु गरेको समृद्धिसँगको नाता हरेक नेपालीको बैंक खाता अभियानलाई साथ दिदै बैंकहरुले धमाधम विभिन्न नाम राखेर बचत खताहरु सार्वजनीक गरिरहेका छन् । वाणिज्य बैंहरुले मात्र नभएर विकास बैंहरुले पनि उक्त अभियानमा साथ दिनको लागि विभिन्न नाममा बैंक खातहरु ल्याउने क्रममा रहेका छन् ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा हरेक नेपालीको बैंक खाता पुर्याउने कार्यक्रम समेटेको थियो । सोही नीति बमोजिम सरकारले नयाँ वर्षको अवसर पारेर २०७६ साललाई खोलौं बैक खाता अभियानको रुपमा अगाडी बढाउने भन्दै एक कार्यक्रमको आयाजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली र प्रधानमन्त्रीका धर्मपत्नि राधिका शाक्यकी आमा धनलक्ष्मी शाक्यको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलि उक्त कार्यक्रको शुभारम्भ गरिएको थियो ।

सोहि अभियानलाई सहयोग गर्ने भन्दै नेपाल राष्ट्र बैंहले खाता खोल्दा सरकारले प्रमामनित गरेको कुनै एकै कागजात मात्र भए हुने व्यवस्था गर्नुको साथै केवाईसी पनि भर्नु नपर्ने गरी सहज व्यवस्था गरिदिएको छ ।

साथै नागरिकहरुलाई खाता खोल्न अझै प्रोत्साहन गर्ने उदेश्यले राष्ट्र बैंकले सामाजिक उत्रदायित्व अन्र्तगत जम्मा भएको रकमबाट कुनै पनि बैंक खाता नभएको मानिसले खाता खोल्दा १ सय रुपैयाँ खातामै जम्मा गरिदिने व्यवस्था समेत गरेको छ ।

कुन बैंकले के नामको खाता संञ्चालनमा ल्याए :

एनआइसी एशिया बैंक
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “समृद्धसँग जोडौ नाता सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित “खोलौ बैंक खाता अभियान २०७६” अभियानमा एकाकार गर्दै एनआइसी एशिया बैंकले “समृद्ध नेपाल सुखी नेपाली बचत खाता” संचालनमा ल्याएको छ ।

कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले ७ लाख सम्मको निः शुल्क बीमा सहितको खोलौ बैंक खाता अभियान बचत योजना सार्वजानिक गरेको छ ।

सनराइज बैंक
सनराइज बैंकले खोलौ बैंक खाता अभियान, २०७६ लाई आत्मसाथ गर्दै “सनराइज समृद्धि बचत खाता” सञ्चालनमाा ल्याएको छ । “सनराइज समृद्धि बचत खाता” मा पनि बैंकले अरु बचत खातावालहरुलाई दिँदै आएको स्वास्थ्य बीमा, दुर्घटना बीमा लगायत अन्य सम्पूर्ण सुबिधाहरु प्रदान गर्नेछ ।

जनता बैंक
नेपाल सरकारले शुरु गरेको सबै नेपालीको बैंक खाता अभियानलाई पूर्ण रुपमा सफल पार्नको लागि जनता बैंकले ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको छ । उक्त योजनामा शुन्य मौज्दातमा खाता खोल्न सकिने, खाता खोल्दा १ सय रुपैयाँ बैंकको तर्फबाट जम्मा गरिदिने,६.५ प्रतिशत वार्षिक व्याजदर पाइने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक
“समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता”भन्ने नेपाल सरकारको अभियानलाई सफल पार्नको लागि सिटिजन्स बैंकले नयाँ बचत योजना“सिटिजन्स सरलबचत खाता” बैंशाख १ गतेदेखि लागु हुनेगरी सर्वजनिक गरेको छ। यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकलाई बैंकको तर्फ बाट १ सय रुपैयाँ खातामा राखिदिने ब्यवस्था गरिएको हो ।यस खातामा दैनिक मौज्दातमा वार्षिक ५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। बैंकले यस योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ ।
“सिटिजन्स सरलबचत खाता”मा भिसा डेबिट कार्ड, अन्तर शाखा कारोबार, आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा(मोबाईलबैंकिंग), अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्युर प्रविधिमा दर्ता, लगायत अन्य सेवाहरू उपलब्ध छन् ।

ज्योति विकास बैंक
ज्योति विकास बैंकले “ज्योति समृद्धि बचत खाता” संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको “समृद्धिसंग जोडौं नाता, सबै नेपालीको बैंक खाता” नाराका साथ थालिएको खौलौं बैंक खाता अभियानलाई सहयोग पु¥याउने उद्देश्यले उक्त बचत खाता सञ्चालनमा ल्याएको बैंकलले जनाएको छ ।
बैंकले उक्त वचत खातामा वार्षिक ७ प्रतिशत ब्याज दिनुको साथै विभिन्न आधुनिक बैंकिङ सेवा पनि बैंकले उपलब्ध गराउने जनाएको छ । यस योजना अन्र्तगत अन्य बैंकमा खाता नभएका व्यक्तिहरुले खाता खोलेमा १ सय रुपैयाँ बैकको तर्फबाट प्रदान गरिने बैंकले जनाएको छ । यसका साथै एबिबिएस, सी आस्वा र इन्टरे बैंकिङ जस्ता सेवाहरु निःशुल्क प्रदान गर्नुको साथै लकर सुविधामा पनि विशेष छुट दिइएको छ ।

ग्लोबल आईएमइ बैंक
ग्लोबल आईएमई बैंकले समृद्धसँग जोडौ नाताः सबै नेपालीको बैंक खाता अभियान अन्तर्गत सबै नेपालीको बचत खाता शीर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो।

एनएमबि बैंक
एनएमबि बैंकले एक घर एक खाता अभियान अन्तर्गत सबैका लागि बचत, सबैका लागि सहारा भन्ने नारा सहित एनएमबि बैकको सहारा बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकमा खाता खोल्नेले १८ वटा गम्भिर रोगहरु मध्ये कुनै एउटा रोग लागेको खण्डमा १० लाख रुपैयाँ सम्मको बीमा रकम पाउने जनाएको छ। बैंकका अनुसार खाता खोल्नेले सर्वा्धिक व्याजदर पाउनुका साथै निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिङ, निशुल्क इन्टरनेट बैंकिङ लगायतका सुविधा पाउनेछन्।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी बैंकले सेञ्चुरी सबैको खाता सञ्चालनमा ल्याएको छ। यो खाता शुन्य मौज्दातमा खोल्न सकिनेछ। २ सय ५० रुपैयाँ तिरेर ५ वर्षको लागि डेविट कार्ड तथा पहिलो बैंक खाता खोल्ने ग्राहकलाई बैंकले १ सय रुपैयाँ खातामा जम्मा गरिदिने छ। खाता खोल्नले वार्षिक ६ दशमलव ५ प्रतिशत व्याजदर पाउन सक्ने छन्।

एनसीसी बैंक
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले एनसीसी नेपाली नागरिक बचत खाता सञ्चालनमा ल्याएको छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले २५ औं वार्षिकोत्सव एवम् नयाँ वर्षको उपलक्ष्यमा सरकारको अभियानलाई साथ दिदै आकर्षक बीमा सुविधा सहितको रजत बचत खाता संचालनमा ल्याएको हो। यो खाता २५ रुपैयाँमा खोल्न सकिनेछ ।

Ad