बैंकिङ खबर । ८ करोड २९ लाख चुक्ता पूँजी रहेको स्पर्श लघुवित्तले नाफामा सुधार गरेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ६० लाख ३९ हजार नाफा कमाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्त ५६ लाख रुपैंया घाटामा रहेको थियो ।
कर्जा तथा बचत
चैत मसान्तसम्ममा लघुवित्तले १३ करोड ८८ लाख १६ हजार बचत संकलन गरी ७५ करोड३८ लाख रुपैंया कर्जा लगानी गरेको छ । कर्जामा १ सय ८६ दशमलव ३१ प्रतिशतले वृद्धि गरेको छ । ५ अर्ब ९९ करोड ऋणमार्फत् जुटाएको छ । अघिल्लो वर्षको चैतमा २ अर्ब ६३ करोडको कर्जा लगानी गरेको थियो ।
ब्याज आम्दानी
तेस्रो त्रैमाससम्ममा लघुवित्तले खुद व्याज आम्दानी २ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको भन्दा ४ सय ५० प्रतिशतले वृद्धि गरेको हो । संचालन मुनाफामा ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जसले खुद व्याज आम्दानीमा अत्याधिक नाफा बढाएको छ ।
सुचकहरु
लघुवित्तको पुँजी पर्याप्तता अनुपात १४.९९ प्रतिशत, कस्ट अफ फण्ड ११.०५ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.४६ प्रतिशत छ ।