April 14th, 2019

प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंकका सिइओ राष्ट्रपतिबाट विभुषित

बैंकिङ खबर । सरकारले बैशाख १ गते, संविधान दिवसमा घोेषणा गरेका आर्थिक, व्यवसायिक, बैंकिङ, तथा सहकारी क्षेत्रमा विशेष योगदान दिएका विभिन्न व्यक्तिहरुलाई राष्ट्रिय पदक दिँदै आएको छ ।

यसपटक सरकारले दिने पदकबाट बैंकिङ क्षेत्रबाट प्रभु बैंकका अध्यक्ष देवि प्रकाश भट्टचन, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ सम्मानित भएका छन् ।

त्यस्तै उद्यमीहरु हरिभक्त शर्मा, हेमराज ढकाल, मीनवहादुर गुरुङ, लोकमान्य गोल्छा, राजेन्द्र मल्ल र सहकारी आन्दोलनका अगुवा केशव बडाल पनि सुप्रवल जनसेवा श्री तृतीयबाट सम्मानीत भएका छन् ।

अन्य विभिन्न क्षेत्रका उद्यमीहरु पनि पदकबाट सम्मानित भएका छन् । पदक आइतबार बिहान साढे ८ बजे राष्ट्रपति कार्यालयमा वितरण भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]