मुल्य वृद्धिको तुलनामा कर्जाको व्याजदर बढी छैन, केहि महिनामै महशुस हुने गरि व्याजदर घट्छ: ज्ञानेन्द्र प्रसाद ढुङ्गाना

बैंकिङ खबर । समृद्धि शुरुवात बैंकबाटै सुरु हुन्छ चाहे त्यो सरकारले दिने भत्ता होस अथवा जुनसुकै कारोबारको लागि हो । बैंक खाता नभइकन समृद्धि आउन सक्दैन । त्यहि विषयलाई मध्यनजर गर्दै एक वर्षसम्म खोलै बैंक खाता अभियान सञ्चालन गर्न लागेको हो । बैंकहरुका देशैभर रहेका सम्पुर्ण शाखाबाट खाता खोल्न सकिनेछ । खातामा बैंकहरुले नै १०० रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ ।

विगतको डेढ बर्षमा नेपालमा वित्तीय पहुँ्चको अवस्था सन्तोसजनक रुपमा बढेको तथ्यांकले देखाएको छ । ७१३ स्थानीय तहमा वाणिज्य बैंकहरु पुगिसकेका छन् भने यहि आर्थिक वर्षमा नै सम्पुर्ण स्थानिय तहमा पुग्ने प्रयास भइ रहेको छ । विगत डेढ वर्षको अवधिमा ४०० स्थानीय तहमा वाणिज्य बैंक पुग्न सफल भएका छन् ।

वित्तीय पहुँच उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । अब ७५३ वटै स्थानिय तहमा वाणिज्य बैंक पुगेसँगै खाता खोलाउने प्रयास गछौं । बैंकमा खोलिएका खाताहरु डुब्लिकेसन भएको हुन सक्छ तर हालसम्म बैंकिङ प्रणालीमा बचत, मुद्धति र कल खाता अथवा अन्य जुनसुकै प्रकारका गरेर होस् २ करोड ६८ लाख खाता खुलिसकेका छन् ।

यो वर्ष खोलौ खाता अभियानलाई प्रभावकारी बनाउँदै नेपाली जनसंख्या भन्दा बढी केही मानिसको खातामा डुब्लिकेसन हुने भएकोले साढे ३ करोड देखि ४ करोड बैंक खाता पुर्याउने उद्देश्य रहेको छ । बैंकिङ क्षेत्रले विगत केहि वर्ष देखि पूँजी को समस्या झेलिरहेको छ । आन्तरिक पूँजी निर्माणमा यो अभियानले ठुलो सहयोग पुग्ने अपेक्षा छ । बचतलाई प्रोत्साहन गरेर आन्तरिक पूँजी वृद्धिमा सहयोग पुग्छ भन्ने विश्वास हो ।

बैंकहरुले बचत खातामा दिने प्रतिफल पनि मुल्य वृद्धिको तुलनामा क्रमिक रुपमा बढ्दै गएको छ । जसको कारण कर्जामा केहि मात्रामा व्याज वृद्धि भएको भन्ने केहि गुनासो पनि आएका छन् । तर नेपाल जस्तो मुलुकमा ६ देखि साढे पाँच प्रतिशतको मुल्य वृद्धि भइरहेको छ त्यसको तुलनामा १०/१२ प्रतिशत कर्जा त्यति धेरै ठुलो होइन ।

केहि मुलुकको दाँजोमा हामी अझै पनि सस्तो छौं 
तथापी कर्जाको व्याज बढ्नु हुँदैन, यसले उत्पादनको लागत बढाउँछ जसले आयतलाई बढाउँछ । यस प्रति बैंकहरु सचेत रहँदै वित्तीय मध्यस्तता खर्चलाई कम गरि कर्जाको व्याजदर घटाउने प्रयास गरिरहेका छन् । आगामी केहि महिना भित्रमा महशुस हुने गरि कर्जाको व्याजदर घट्ने अपेक्षा रहेको छ । बैंकिङ क्षेत्र प्रविधिमैत्री भएर बजारमा आएका नयाँ नयाँ प्रविधिलाई पहिचान गरि त्यसलाई प्रयोग गरेर सहज किसिमले बैंकिङ सेवा दिन सक्षम छन् । अब बैंकमा गएर घण्टौ लाइन लाग्नु पर्ने समय समाप्त भइसक्यो । बैंकहरु सामाजिक सुरक्षाको दायित्व प्रति सजग छन् निरन्तर रुपमा विभिन्न काम गरिरहका छन् र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *