April 14th, 2019

बचत गर्नकै लागि भएपनि बैंक खाता खोल्नुहोस् – अर्थमन्त्री

बैंकिङ खबर । अहिलेको २१ औं शताब्दीको मागसँगै हामी दुई वटा कुरासँग आबद्ध हुनुपर्छ । एउटा संचार र अर्को बृद्धको संसार हो । सञ्चारमा हामी आबद्ध हुँदा बैंक खातासँग मानिसहरुको प्रत्यक्ष सम्बन्ध हुन्छ । चाहे सामाजिक सुरक्षको कुरामा होस , चाहे स्वास्थ्य बीमा बापत आफुले गरेको खर्चको भुक्तानीमा होस,चाहे जुनसुकै भत्ता होस, वा अनुदान होस, ती सबै कार्यक्रमहरुलाई बैंकिङ प्रणलीबाट भुक्तानी गर्दा त्यो पारदर्शि हुन्छ । त्यो रकम सही मान्छेले उपभोग गर्न पाउँछ त्यसकारण सबै मानिसहरुको बैंक खाता हुनु जरुरी छ ।

यसरी सबैको बैंक खाता भयो भने कारोबारमा सुरक्षित हुनुका साथै कसैको डर हुदैन् र राज्यले दिएको पैसा सुरक्षित साथ उपलब्ध हुन्छ । बैंकमा भएको पैसा सधै सुरक्षित नै हुन्छ । बैंकमा खाता खोल्नका लागि पढेलेखेको हुनुपर्छ भन्ने पनि छैन । जसका लागि बैंकमा पुग्नुपर्ने जरुरी पनि छैन । बैंकमा खाता खोल्नका लागि बैंक एजेन्टले नै सहयोग गर्छन् ।

बैंक खाता भएपछि थोरै भए पनि रकमको बचत हुन्छ । आम्दानी भएको सबै पैसा खर्च गर्नु राम्रो हैन् । हामीले बचत गर्ने बानि पनि बनाउनुपर्छ । जसका लागि बैंक खाताले सहयोग गर्दछ । शुन्य रकमको खाताको महत्व हुदैन सरकारले दोलिदिएको खाता हो भन्ने मानिसहरुको बुझाइ हुन्छ त्यसकारण १ सय रुपैयामा खाता खोल्यो भने त्यसको महत्व हुन्छ र बचत गर्ने बानिको विकास हुन्छ । अब सबै नेपालीले खाता खोल्नुहोस बचत गर्नुहोस, अर्थमन्त्रीले भने ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]