अब पैसा थैली र सन्दुकमा हौइन चेक र कार्डमा राख्नुपर्छ

बैंकिङ खबर । प्रधानमन्त्री केपी शर्मा ओलीले थैली र सन्दुकमा पैसा राख्ने युगको अन्त्य भएको र चेक र कार्ड राख्ने युगको शुरुवात भएको बताएका छन् । उनले बीमा गर्नका लागि पनि बैंक खाता आवस्यक पर्ने भएकाले सबैले बैंक खोल्नुपर्ने बताए ।

उनले कुनैपनि नागरिक जन्मनु भन्दा पहिला नै स्वास्थ्य उपचार नपाएर जन्मनै नपाउने अवस्था नहोस, वृद्ध नागरिकले पैसा नभएर उपचार गर्न नसक्ने अवस्था नआओस भनेर सबै नागरिकका लागि स्वास्थ्य उपचारका लागि बीमा अभियानको शुरुवात गरिएको बताए । उनले विपन्न र वृद्धवृद्धाका लागि सरकारले स्वास्थ्य उपचारका लागि बीमा मार्फत जिम्मा लिने बताए । उनले उपचार आवस्यक छ त्यसैले अभियान नै शुरु गरेर केही वर्ष भित्र नेपाललाई आरोज्ञ नेपाल, निरोगी नेपाल बनाउने बताए । कुपोषणबाट हुने बिरामी, उपचार ने गर्न नपाएर हुने बिरामी, पोषण युक्त खानेकुरा नपाएर हुने बिरामीको अवस्था अन्त्य गर्न सरकारले ध्यान दिएको बताउँदै यस्तो बाटोबाट हामी निरोगी नेपाल बनाउन चाहन्छौं, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *