April 14th, 2019

जेष्ठ नागरिक स्वास्थ्य बीमा अभियान शुरु, ५५ जनाले पाए प्रमाणपत्र

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले नागरिकका लागि विभिन्न कार्यक्रहरुको शुरुवात गरेको उल्लेख गर्दै स्वास्थ्य बीमाको शुरु गरेको जानकारी दिए । अर्थमन्त्री खतिवडाले स्वास्थ्य सेवाका लागि बीमा गर्दा बीमाको किस्ता भुक्तानी गर्न नसक्नेहरुका लागि सरकारले बजेट व्यवस्था गरेर निशुल्क स्वास्थ्य बीमा गर्ने जानकारी दिए ।

‘जेष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता’ राष्ट्रिय अभियानको शुरुवात कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले शुरु गरेको स्वास्थ्य बीमामा सहभागी हुन आग्रह गरे । त्यसका लागी नागरिक आफै र स्वास्थ्य सेवा दिने संस्थाहरुले पनि नागरिकलाई जानकारी गराएमा स्वास्थ्य बीमामा सहभागिता बढाउन सकिने जानकारी दिए । उनले ७० वर्ष भन्दा माथिका हरेक नागरिकले निशुल्क स्वास्थ्य बीमा पाउने बताए ।

कार्यक्रममा ७० वर्ष माथिका ५५ जना नागरिकलाई स्वास्थ्य बीमाको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]