April 14th, 2019

जाल्पा लघुवित्तले दियो मृतकको परिवारलाई बीमा क्षतिपुर्ति रकम

बैंकिङ खबर । जाल्पा लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लेखनाथ, कास्कीले संस्थामा आवद्ध मृतक सदस्यका परिवारलाई एक कार्यक्रमका बीच बीमाको रकम हस्तान्तरण गरेको छ ।

शाखा कार्यालयको केन्द्र नं. ४५ मा अवद्ध भई वित्तीय संस्थासंग कारोबार गर्दै आएकी कास्की जिल्ला पोखरा महानगरपालिका, वडा नं. ३० बसोवास गर्ने उक्त केन्द्रकि सदस्य कुमारी सुनारको मृत्यु भएकोमा निजको श्रीमानलाई बीमाको रकम हस्तान्तरण गरिएको हो ।

केन्द्र सञ्चालन भएको दिन केन्द्रका सदस्यहरुको उपस्थितिमा शाखाका शाखा प्रबन्धक बिमल खनालले मृतकको श्रीमानलाई बीमा रकम हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बोल्दै खनालले बीमा तथा ग्राहक संरक्षणकोषबाट संस्थाले ग्राहक सदस्यहरुलाई प्रदान गरिने सुविधाहरुको बारेमा प्रष्ट पारे र स्वर्गिय आत्मको चिर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]