April 14th, 2019

बुद्धज्योति लघुवित्तको हकप्रद पारित

बैंकिङ खबर । बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई २ सय प्रतिशत हकप्रद दिने भएको छ । संस्थाको प्रथम वार्षिक साधारण सभाले शेयरधनीलाई चुक्ता पुंजी १ः२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

शेयरधनी गोविन्द पाण्डेय, कुमारी शान्ता आचार्य, देव बहादुर कुंवर र शान्ता के.सी.कार्की सभावाट निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालकहरुले सोही दिन बैठक बसी सञ्चालक गोविन्द पाण्डेय सर्वसम्मतीले अध्यक्ष पदमा चयन भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]