April 14th, 2019

निर्धन उत्थान लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय आर्यभन्ज्याङ्ग पाल्पाले केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा शाखा प्रमुख कृष्णकान्त अधिकारीले शाखाको प्रगति बिबरण, क्षेत्रीय कार्यालय भैरहवाका क्षेत्रीय प्रमुख शम्भु न्यौपानेले क्षेत्रीय कार्यालयको प्रगती विवरण र प्रमुख कार्यकारी अधिकृत जर्नादनदेव पन्तले ग्रामीण क्षेत्रको विकासमा खास गरेर पिछडिएका महिलाहरूको आर्थिक तथा सामाजिक उत्थान नभइकन नेपालको गरीबी निवारण नहुने ठहर गर्दै ७७ जिल्लामा १ सय ८१ शाखा कार्यलय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको बारेमा जानकारी दिए ।

प्रदेश नं. ५ बुटवलका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले ग्राहक सदस्यका छोरा छोरी मध्ये २०७४ सालमा उच्च माध्यमिक तहको परीक्षामा उत्कृष्ट अंक ल्याउने १ जना विद्यार्थी बिद्या मस्राङीलाई डा. हरिहरदेव पन्त स्मृति छात्रवृत्ति प्रदान गर्नुका साथै गोष्ठीको सफलताको शुभकामना दिए ।

ग्राहकहरु तथा अविभावकहरु सँग अन्र्तक्रिया गोष्ठिको आयोजना मार्फत निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्नो नीति नियममा परिमार्जन गरी ग्राहकहरुको आवश्यकता र चाहना अनुसारको सेवा प्रदान गर्ने गर्दछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]