वोमी लघुवित्तद्धारा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्थाको नवलपरासी जिल्ला स्थित शाखा कार्यालयहरु गिरुवारी र रजहर अन्तर्गतका स्थानिय अभिभावक तथा सदस्यहरुलाई वित्तीय साक्षरता र अन्तरक्रिया साथै नव बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गिरुवारी शाखा अन्र्तगत ३५ जना तथा रजहर शाखा अन्र्तगत ५४ जना सदस्य तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रममा संस्थाका का.मु. नायम महाप्रबन्धक रविन्द्र तिमल्सेनाले वित्तीय साक्षरता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । संस्थाका बरिष्ठ प्रबन्धक निरा अधिकारी तथा प्रबन्धक घनश्याम भट्टराई साथै एरिया प्रमुख बलराम कालाखेतीले अन्र्तक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरुलाई सम्बोधन गरेका थिए । साथै, उक्त कार्यक्रममा उत्कृष्ट समुहलाई पुरस्कृत गरिएको थियो ।

हाल संस्थाले ३३ जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत ३० हजार सदस्यहरुमा १ अर्व ६७ करोड उठाउन बाँकी कर्जा र ५९ करोड बचत संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *