नाडेप लघुवित्तको साधारण सभा बैशाख २६ गते

बैंकिङ खबर । नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ । संस्थाको चैत २८ गते बिहिबार बसेको संचालक समितिको बैठकले बैशाख २६ गते, नौबिसे एग्रो रिसोर्ट नौबिसे धादिङमा बिहान ११ बजे गर्ने निर्णय भएको हो ।

सभामा आव २०७४/ ७५ को वार्षिक प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहित छलफल गर्ने भएको छ । चुक्ता पुँजी १६ करोडको १ दशमलव ५८ प्रतिशतले हुन आउने २५ लाख २६ हजार ३ सय १५ दशमलव ७९ रुपैयाँ कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । सर्बसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व हुने दुई जना संचालकको निर्वाचन गर्ने भएको छ ।

कम्पनीले चुक्ता पुँजी १६ करोडको ३० प्रतिशत वा १ बराबर १ हकप्रद निष्काशन पश्चात चुक्ता पुँजी ३२ करोडको १५ प्रतिशतले हुन आउने ४ करोड ८० लाख रुपैयाँको बोनस शेयर वितरण गर्ने प्रस्ताव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *