April 12th, 2019

बैंकर अशोक शेरचन नयाँ बर्षमा राष्ट्रपतिबाट विभुषित हुँदै

बैंकिङ खबर । सरकारले संविधान दिवशमा घोेषणा गरेका पदकहरु नयाँ वर्षका दिन वितरण गर्ने भएको छ । बैशाख १ गते आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पदक पाउनेहरुलाई सम्मान गर्नेछिन् ।

सरकारले आर्थिक, ब्यवसायिक, बैंकिङ, तथा सहकारी क्षेत्रमा विशेष योगदान दिएका विभिन्न व्यक्तिहरुलाई राष्ट्रिय पदक दिदै आएको छ ।
यसपट सरकारले दिने पदकबाट प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनपनि सम्मानित हुने भएका छन् । उनी प्रवल जनसेवा श्री चतुर्थबाट सम्मानित हुने भएका हुन् ।

त्यस्तै उद्यमीहरु हरिभक्त शर्मा, देविप्रकाश भट्टचन, हेमराज ढकाल, मीनवहादुर गुरुङ, लोकमान्य गोल्छा, राजेन्द्र मल्ल र सहकारी आन्दोलनका अगुवा केशव बडाल पनि सुप्रवल जनसेवा श्री तृतीयबाट सम्मानीत हुने भएका छन् ।

अन्य विभिन्न क्षेत्रका उद्यमीहरु पनि पदकबाट सम्मानीत हुने भएका छन् । पदक आइतबार बिहान साढे ८ बजे राष्ट्रपति कार्यालयमा वितरण हुने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]