April 12th, 2019

आइएमएफले बृहत आर्थिक नीति र कार्यान्वयनको निगरानी गर्ने

बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले व्यापार एकिकरणको विश्वव्यापी अभ्यासमा विचलन आउन लगेको बताएको छ । आइएमएफ र विश्व बैंक समुहका सदस्या १८९ मुलुक सामेल हुने संयुक्त बैठकमा आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिन लगार्डले व्यापार एकीकरणले विश्वको आर्थिक विकास र कम आय हुने देशमा जीवन निर्वाहको लागत कम गरेको बताएकी हुन् । उनले समय अनुसार व्यापार नीति तथा सम्झौता पुनरावलोकन गर्नुपर्ने भएपनि व्यापार एकिकरणको अध्यासमा विचलन आउनु दुःखद भएको बताएकी हुन् ।

उनले ठुला मुलुकहरुबीच देखिएको व्यापार तनावले अर्थतन्त्रलाई सुस्त बनाएको बताएकी हुन् । जसले गर्दा विश्व अर्थतन्त्रको विस्तार ३ दशमलव ३ प्रतिशतमा सिमित भएको बताइन् ।

उनले आईएमएफले समग्र आर्थिक क्षेत्र, बाह्य क्षेत्र, वित्तीय क्षेत्रको स्थायित्वमा जोड दिएको समेत बताइन् । आईएमएफले यसअघि बाह्य क्षेत्र स्थायित्व र मौद्रिक नीतिमार्फत वित्तीय स्थायित्वको निगरानीमा केन्द्र्रित हुँदै आएको भए पनि अब भने बृहत आर्थिक नीति र कार्यान्वयनको निगरानी गर्ने जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]