Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमक संघमा स्थान नपाएपछि छुट्टै संघ स्थापना गर्दै जीवन बीमा कम्पनी

२०७५ चैत्र २८ गते

बैंकिङ खबर । जीवन बीमा सेवा प्रदान गरिरहेका बीमा कम्पनीहरुले छुटै एशोसियसन गठन गर्नको लागि प्रक्रिया अगाडी बढाएका छन् । सुर्या लाइफ इन्स्योरेनसका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको संयोजकत्वमा समिति गठन गर्दै छुट्टै संघ स्थापनाको लागि प्रक्रिया अगाडी बढाएका हुन् । सुर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले जीवन बीमा कम्पनीको लागि छुट्टै एउटा संघ आवश्यक महशुस भएको र त्यसलाई दर्ता गरेर राखौं भनेर दर्ता प्रक्रिया अगाडी बढाएको बताए ।

केही समय अगाडी मात्र बीमक संघले दिपप्रकाश पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । बीमक संघमा जीवन बीमा कम्पनीबाट प्रतिनिधित्व गर्ने बीमा कम्पनीहरुले एक कार्यकाल मात्र भएपनि बीमक संघको नेतृत्व जीवन बीमा कम्पनीलाई गर्न दिन आग्रह गरेको तर निर्जिवन बीमा कम्पनीहरुले जीवन बीमा कम्पनीहरुको उक्त प्रस्तावलाई बेवास्ता गर्दै ९ सदस्यीय कार्यसमिति गठन गर्दा एक जना पनि जीवन बीमा कम्पनीको तर्फबाट अटाउन सकेनन् । निर्जिवन बीमा कम्पनीहरुद्वारा जीवन बीमा कम्पनीलाई गरेको बेवास्तालाई मध्यनजर गर्दै जीवन बीमा कम्पनीहरुले छुट्टै संघ गठन गर्न लागेको स्रोतको भनाई छ ।

जीवन बीमा कम्पनीहरुले गठन गर्न लागेको नयाँ संघको नाम लाइफ इन्स्योरेन्स एशोसियसन आफ नेपाल (लायन) रहने छ । उक्त संघ गठनको लागि पाण्डेको नेतृत्वमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र राष्ट्रिय बीमा संथानका प्रशासक कवि पाठक रहेका छन् ।