Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दुई लघुवित्तको आइपिओ बैंशाख दोस्रो साता, कुनको कति आउँदै ?

२०७५ चैत्र २८ गते

बैंकिङ खबर । बैशाख दोस्रो सातामा दुई वटा लघुवित्तले ४ लाख ६४ हजार कित्ता माथि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने तयारी गरेका छन् । नेपाल एग्रो लघुवित्तले बैंशाख ८ गते देखि र गणपति माइक्रोफाइनान्सले बैंशाख ९ गते देखि आइपिओ निष्काशन गर्ने लागेका हुन् ।

नेपाल एग्रो लघुबित्तले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १ लाख ५१ हजार २ सय कित्ता र गणपति माइक्रफाइनान्सले ३ लाख १३ हजार ७५ कित्ता साधारण शेयर निष्काशनको तयारी गरेका हुन् ।

नेपाल एग्रो लघुवित्तको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम आठ सय कित्ता सम्म आवेदन दिन सकिनेछ भने गणपति माइक्रोफाइनान्सको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ सय कित्तासम्म आवेदन दिन सकिनेछ । दुवै वटा लघुवित्तले निष्काशन गर्ने आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

नेपाल एग्रो लघुवित्तको विक्री प्रवन्धकमा एविआई मर्चेन्ट र गणपति माइक्रोफाइनान्सको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेका छन् ।
सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सक्ने विक्री प्रवन्धकहरुले जनाएका छन् । नेपाल धितोपत्र बोर्डले गणपति माइक्रोफाइनान्सलाई चैत्र ७ गते र नेपाल एग्रो लघुवित्तलाई चैत्र १८ गते आइपिओ निष्काशनको अनुमति प्रदान गरेको थियो ।

Ad