April 11th, 2019

कोषका अध्यक्ष भन्छन् “वायु सेवालाई दिएको ऋण डुब्दैन, मार्केट मेकरको भुमिका तत्काल संभव छैन”

बैंकिङ खबर । नागरिक लगानी कोष मजबुत अवस्थामा रहेको वाणिज्य बैंक वा सो सरह रहेकोले लगानीको दयारा पछिल्लो समय फराकिलो बनाउदै लैजाने खाका बनाएको छ । करिब १ खर्ब २० अर्ब माथि विभिन्न स्रोतबाट कोषमा रकम जम्मा भएको छ । हाल जलबिद्युत क्षेत्र लगायत बैंक तथा वित्तीय संस्थाका प्रमोटर शेयरहरुमा लगानी गरेको छ । केहि समय अघि पूँजी बजारको मार्केट मेकरको भूमिका निर्वाह गर्ने चर्चा चले पनि त्यो हाल सम्भव नभएको तर स्टक डिलरको भूमिका भने कोषले निर्वाह गर्न सक्ने कोषका अध्यक्ष डा. रामचन्द्र भट्टराई बताउँछन् ।

पछिल्लो समय पनि शेयर बजारलाई नागरिक लगानी कोषले टेवा पुर्याएको अध्यक्ष भट्टराई दावी गर्छन । बजारमा अन्य कम्पनीहरुको शेयर मूल्य निकै तल झर्दा पनि कोषको शेयर मूल्य भने २५ सय भन्दा माथि रहेको छ । यद्यपि विगत केहि समय अघि देखि नेपाल वायु सेवा निगममा कोषले गरेको लगानीका सन्दर्भमा लगानीकर्ता माझ विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् । कोषले आगामी दिनहरुमा दिने लाभांश प्रति उक्त लगानीको प्रभाव देखिएला नदेखिएला भन्ने विषय पनि उठिरहेका छन् । तर अध्यक्ष भट्टराई भने कोषले दिने प्रतिफल प्रति विगत कै ट्रेन्डमा रहने बताउँदैै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्छन् ।

नागरिक लगानी कोषले नेपाल बायु सेवा निगममा गरेको लगानी सुरक्षित रहेको अध्यक्ष डा.भट्टराई बताउँछन् । लगानीको सुरक्षाका सन्दर्भमा थप प्रष्ट पार्दै भट्टराईले भने नागरिक लगानी कोषको मेजर स्टेकहोल्डर नेपाल सरकार हो । साथै वायु सेवा निगममा लगानी गर्दा नेपाल सरकारनै जमानी बसेको हुनाले उक्त ऋण डुब्ने सम्भावना छैन । अध्यक्ष डा. भट्टराई त्यसलाइृ अझै प्रस्ट पार्दै भन्छन् “जसरी नेपाली मुद्रामा त्यो रकम बराबरको जमानी सरकार बसेका कारण हामी ढुक्क हुन्छौ, कोषको यो लगानीमा पनि सरकार नै जमानी बसेको कारण ऋण नडुब्ने कुरामा ढुक्क छौं ।” लगानी डुब्ने सम्भावना नरहँदा पनि यता लगानीकर्ता भने समयमा भुक्तानी प्राप्त नहँुदा उक्त रकमबाट हुन सक्ने अन्य आम्दानी गुम्ने साथै दिर्घकालिन लगानीमा असर पर्ने कुरा प्रति सशंकित रहेको देखिन्छन् ।

पछिल्लो समय नागरिक लगानी कोषको प्रगति बारे लगानीकर्ताहरुले प्रश्न गरि रहेका छन् । साथै नागरिक लगानी कोषले सिमित रोजगारमा अबद्द व्यक्तिहरु मात्र समेट्न सकेको प्रति स्वयं कोष पनि सन्तुष्ट छैन । जसले गर्दा आम नागरिकलाई पनि समेट्ने केहि नयाँ योजनाका ल्याउन बोर्ड लागि परेको भट्टराई सुनाउँछन् । साथै शेयर बजारमा लगानी बढाउँदै लैजाने पनि आगामी योजनामा समाबेश गरिएको उनि बताउँछन् ।
बजारमा यति धरै साधन भएको संस्थाले ठुला परियोजनहरुमा लगानी गर्न हात बढाउनुपर्नेमा बैंकहरुमा अबौं निक्षेप राख्ने तथा मुद्रा बजारको व्याजदरमा मात्र खेलिरहेको बताउनेहरु पनि छन् । स्वयंम अर्थमन्त्री डा.युवराज खतिवडाले पनि कोषको वार्षिकोत्सवको अवसरमा कोषलाई मुद्रा बजारमा नखेल्न चेतावनी समेत दिएका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]