नेशनल लाईफ इन्स्योरेन्सद्धारा बझाङमा निःशुल्क स्वास्थ्य शिविर

बैंकिङ खबर । नेशनल लाईफ इन्स्योरेन्सले बझाङमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । रामप्रसाद खत्री स्मृती प्रतिस्ठान बझाङको आयोजना तथा खप्तडछान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्सको सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउंपालिका वडा नं. ४ नेटाकाटिया ब्रमस्थलमा पर्ने दुर्गा महालिङ्ग मा.बि.को भवनमा चैत २५ र २६ गते दुई दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन भएको हो ।

उक्त शिविरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल, तिलोत्तमा आंखा अस्पताल, आम्दा हस्पिटल बुटवल र हिमाल डेन्टलका चिकित्सकहरुको संयुक्त टोलिले सेवाप्रदान गरेको थियो । ७ वटा बिशेषज्ञ बिधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सा तर्फ ६ सय ९५ जना, हाडजोर्नी तर्फ ८ सय ८१ जना, दन्तरोग तर्फ २ सय ६१ जना, आंखातर्फ ३ सय ८१ जना, स्त्रीरोग तर्फ ५ सय ७६ जना, बालरोग तर्फ १ सय ९४ जना, शल्यक्रियातर्फ १० जना गरी जम्मा २ स्वास्थ्य परिक्षण भएकोमासो मध्ये ३ सय ९४ जनाको अल्ट्रासाउन्ड, १ सय १ जनाको ल्याब परिक्षण , ३१ जनाको मोतिबिन्दु अप्रेशन, ५३ जनाको दांतहालेको, १ सय ८ जनाको दांत निकालेको बताइएका छन् ।

सो टोलिबाट लगभग २२ लाख बराबरको निशुल्क औषधी समेत बितरण गरिएको थियो । यस रामप्रसाद स्मृती प्रतिष्ठानले बिशेषज्ञ स्वास्थ्यशिबिर संचालन, गरिव तथा जेहेन्दार बिधार्थीलाई छात्रबृती लगायतका समाज सेवाका कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *