बैंकिङ खबर । सबैको लघुवित्त वित्तीय संस्थाले ५ करोड ३० लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५ लाख ३० हजार कित्ता आईपिओ बिक्री गर्न लागेको हो ।
लघुवित्तमा संस्थापकहरु तर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता भैसकेको छ भने आईपिओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ छ। आइपिओ निष्काशन तथा बिक्रीका लागि एनआइबीएल एस क्यापिट रहेको छ ।